भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
गण्डकी प्रदेश
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गण्डकी प्रदेश अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो।
वि.सं. २०६२/०६३ को जनआन्दोलनले संविधानिक राजतन्त्रलाई विस्थापित गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रूपान्तरण गरेको थियो। संविधान सभाबाट निर्मित संविधानले मुलुकलाई कानुनी रूपमा संघीय संरचनामा रूपान्तरण गरेपछि सातवटा प्रदेशहरू कायम गरिएका छन्। यसै सन्दर्भमा गण्डकी प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई सक्रिय रुपमा परिचालन गर्दै, भूमिको प्रकृतिको आधारमा उपयोग गर्ने नीति अनुरूप कृषि तथा पशुपन्छीजन्य उत्पादन एवं व्यापारमा यान्त्रिकरण, व्यवसायिकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धा... थप पढ्नुहोस्